फाइनान्स सञ्चालकलाई फोनबाट १ करोड फिरौति माग्ने पक्राउ




काठमाडौं । मुलुक फाईनान्स सञ्चालसँग फोनबाट १ करोड फिरौति माग्ने केबीदुर पौडेललाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको अपराध महाशाखाको टोलीले धादिङ घर भएका पौडेललाई बुधबार काठमाडौंको नयाँबजारबाट पक्राउ गरेको हो ।

उनले फाइनान्स सञ्चलकलाई विभिन्न व्यक्तिको नाममा दर्ता भएको सिमबाट फोन गरेर फिरौति माग्ने र फिरौति रकम नदिए अपरण गरेर ज्यानमार्ने धम्की दिने गरेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका लागि उनलाई महानगरी प्रहरी परिसर टेकु राखिएको प्रहरीले जानकारी दिएको छ ।


पुष्प दुलाल