पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन
पूर्व शिक्षामन्त्री तथा नेकपाका नेता धनिराम पौडेलको निधन भएको छ।शुक्रबार बिहान चितवन स्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो ।
हृदयघात भएपछि अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको हो।अस्पताल पुग्ने वित्तिकै उनलाई निधन भएको घोषणा गरिएको थियो।
उनी सत्तारुढ दल नेपाल कम्युनिष्टपार्टी (नेकपा)का केन्द्रीय सदस्य समेत थिए ।