पेट्रोलको मूल्य घट्यो



काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलको मूल्य घटाएको छ ।

निगमका अनुसार पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँले घटाएर ११० रुपैयाँ कायम गरिएको छ । पेट्रोलबाहेक अन्यको मूल्य यथावत नै राखिएको छ ।

जसअनुसार काठमाडौं थानकोट डीपीको १५ किमि परिसरसम्म यो मूल्य कायम हुने उप–निर्देशक ई विनितमणी उपाध्यायले जानकारी दिए ।


क्लिकमान्डु