नाकाबन्दीका मास्टरमाइण्ड जयशंकर बने विदेशमन्त्री, अर्थमा निर्मला सीतारमण



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सपथ लिएका मन्त्रीहरुलाई मन्त्रालयको जिम्मा दिएका छन् ।

पहिलो पटक मन्त्री बनेका भाजपाका अध्यक्ष अमित शाह गृहमन्त्री बनेका छन् । राजनाथ सिंहले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

वित्त मन्त्रालयको जिम्मेवारी निर्मला सीतारमणले पाएकी छन् । निकै नै आश्चर्य मानिएको भारतका पूर्व विदेश एस जयशंकरले विदेशमन्त्रीको जिम्मेवारी पाएका छन् । नेपालमा संविधान जारी हुनु अगाडि मोदीको विदेश दूतका रुपमा आएर उनले संविधान घोषणा केही पर सार्न भनेका थिए । त्यो सुझाव नमानेपछि नेपालमा भारतले नाकाबन्दी लगाएको थियो ।

यस्तै नितिन गडगरीलाई पुरानै मन्त्रालय सडक परिवहन दिएको छ । हर्षबर्धदनलाई स्वास्थ्य विज्ञान मन्त्रालयको जिम्मा दिएको छ ।

कांग्रेस आईका अध्यक्ष राहुल गान्धीलाई उनको परम्परागत सिटमा हराएकी स्मिृति इरानीलाई महिला मन्त्रालयको जिम्मेवारी दिएको छ ।

यस्तै पीयूष गोयल( रेल मंत्रालय एवं वाणिज्य, धर्मेंद्र प्रधान( पेट्रोलियम,रविशंकर प्रसाद( क़ानून जिम्मेवारी पाएका छन् । नरेंद्र सिंह तोमर – कृषि,डी सदानंद गौड़ा( रसायन एवं उर्वरक,मुख़्तार अब्बास नक़वी( अल्पसंख्यक मन्त्रालयको जिम्मेवारी पाएका छद्धन् ।

महेंद्र नाथ पांडेय( कौशल विकास,रामविलास पासवानलाई खाद्य एवं आपूर्ति,हरसिमरत कौर बादल( खाद्य प्रसंस्करण उद्योग,थावर चंद गहलोतः सामाजिक न्याय र अधिकारिता अर्जुन मुंडालाई जनजातीय र प्रकाश जावड़ेकर( सूचना एव प्रसारण मंत्री को जिम्मेवारी पाएका छन् ।


क्लिकमान्डु