सगरमाथा इन्स्योरेन्सले ८६ प्रतिशतको बम्पर बोनस दिने, चुक्ता पुँजी १ अर्ब पुग्ने



काठमाडौं । निर्जीवन बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सले सेयरधनीलाई बम्पर बोनस सेयर प्रस्ताव गरेको छ ।

कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्षको समेत नाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ८६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

कम्पनीको अहिले चुक्ता पुँजी ५३ करोड ८२ लाख रहेको छ । कम्पनीले सेयरधनीलाई ४६ करोड २९ लाख बराबर बोनस सेयर लागेको हो ।

बोनस सेयर वितरणपछि सगरमाथाको चुक्ता पुँजी १ अर्ब पुग्ने छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब पुग्नु पर्ने बताएको छ ।


क्लिकमान्डु