सांसद्को गुनासोः अर्थमन्त्रीको समय पाइदैन, के सुझाव दिनु
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले समस्या राख्न समय नदिएको सांसद्हरुले बताएका छन् ।
अर्थसमितिले बजेटको सुझाव लिनको लागि आयोजना गरेको छलफल कार्यक्रममा राष्ट्रिय जनता पार्टीका सांसद् महेन्द्र यादवले अर्थमन्त्रीले समय नदिने बताए ।
‘तराईमा देखिएको विकास निर्माणको समस्याको बारेमा अर्थसमितिका सभापतिलाई स्थलगत अध्ययनपछि बुझ्नुभयो, उहाले अर्थमन्त्रीलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन,अर्थमन्त्री नै तराईको विकासको लागि बाधक देखिएका छन्,’यादवले भने ।
उनले कार्यक्रममा भारायएको ६१ वटा प्रश्नको टिक लगाएर आफुहरुले परीक्षा पास गरेको बताए । तराई मधेशको लागि उखु किसानको संरक्षण गर्न आवश्यक रहेको मुख्य ध्यान कृषिमा लगाउनुपर्ने सुझाव यादवले दिए ।