बाबुराम भट्टराईको सुझाव अनपपुलर भएर देश हेर्नु, खतिवडा भन्छन्ः पपुलर बन्छु



काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुरा भट्टराईले अर्थमन्त्री डा युवाराज खतिवडालाई बजेट ल्याउदा पपुलर नभएर देश हित हेर्न आग्रह गरेका छन् ।

अर्थसमितिमा बजेटको सुझाव दिन आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले बजेटमा राजनीति र अर्थतन्त्रको विवाद रहने भन्दै दुवैलाई सन्तुलन मिलाएर बजेट ल्याउनुपर्ने बताए ।

‘राजनीतिक रुपमा ठिक हुने कुराहरु अर्थतन्त्रको हिसाबले ठिक हुँदैन भने, अर्थतन्त्रको हिसाबले ठिक भएका कुराहरु राजनीतिको लागि ठिक हुँदैन, त्यसमा सन्तुलन मिलाउन अर्थमन्त्रीलाई कठिन हुन्छ’,भट्टराईले भने ।

सरकारले ल्याएको नीति कार्यक्रम अर्थतन्त्रको हिसाबले भन्दा राजनीतिक रुपले ल्याउन खोजिएको देखिएको भट्टराईको भनाई छ ।

सरकारलाई पपुलर हुने दवाव परेको भन्दै उनले अर्थमन्त्री खतिवडालाई देश हित हेर्न आग्रह गरे ।

‘देशहित हेर्नको लागि अर्थमन्त्रीज्यू अनपपुलर हुने आट गरौ,तत्काल आफुलाई हुने लाभलाई नहेरौ,’भट्टराईले थपे । उनले त्यती हुँदा हुँदैपनि सामाजिक न्यायको विषयलाई भने हेनुपर्ने बताए ।

पपुलर र स्टक्चर चेन्जको विषयमा बसेर बजेट ल्याउन भट्टराईले सुझाव दिए ।
उनले संघियतामा गएपछि सो अनुसारको बजेट ल्याउनुपर्ने बताए । खास गरेर छरिएका आयोजना आवश्यकताको आधारमा केन्द्र,प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण गर्नुपर्ने सुझाव भट्टराईको थियो ।

पपुलर नबन्न आग्रह गरेको विषयमा भने अर्थमन्त्री खतिवडाले स्रोतले धानेसम्ममा पपुलर बन्ने बताए ।


क्लिकमान्डु