एशियन लाईफ इन्स्योरेन्स र लक्ष्मी बैंकबीच जीवन बीमा सम्बन्धी सम्झौता



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स र लक्ष्मी बैंकबीच जिवन विमा सेवा सम्वन्धि सम्झौता भएको छ ।

जीवन बीमा सेवालाई सहजरुपमा बढी भन्दा बढी सर्वसाधारणको पहुँचसम्म पु¥याउने उद्देश्य “जीवन बीमा सेवा“ सम्बन्धी संझौतापत्रमा हस्ताक्षर भएको बताइएको छ । उक्त संझौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र लक्ष्मी बैंंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले हस्ताक्षर गरेका छन ।

सम्झौता पश्चात अब लक्ष्मी बैंकको १०१ वटा शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएको जीवन बीमा योजनाहरु खरिद गर्न सकिनेछ ।


क्लिकमान्डु