राजनीतिक नेतृत्वले राष्ट्र बैंकलाई इसारामा चलाउन खोजे, यसको स्वायत्तता जोगाउँः कर्मचारी संगठन
काठमाडौं । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल राष्ट्र बैंकका अध्यक्ष रेशमराज रेग्मी केन्द्रीय बैंकको स्वायत्तता बचाउने समय आएको बताएका छन् । राष्ट्र बैंकको ६४ औं बार्षिकोत्सवको अवसरमा यस्तो बताएका हुन् ।
उनले यतिबेला आफूहरुले नसोच्ने हो भने राष्ट्र बैंकको स्वायत्तताम बचाउने कोहीपनि नभएको उल्लेख गरे ।
राष्ट्र बैंकको स्वायत्ततामा समस्या रहेको अनुभवन गरेको र कतिलाई व्यक्त गर्न सजिलो भएको र कतिलाई सजिलो नभएको उनले बताए । उनले भने ‘अहिले व्यक्त गर्यो भने भविश्यमा आशिर्वाद पाइँदैन् भन्ने धेरैलाई चिन्ता छ ।’
राष्ट्र बैंकको प्रतिनिधि भएर काम गर्दा बैंकको स्प्रिडलाई जोगाउन नसकेको खण्डमा भविश्यमा ठूलो समस्या देखिनसक्ने उनको बुझाई छ । दरिलो संस्थालाई हल्लिन दिन नहुने उनको तर्क छ । राजनीतिक नेतृत्वले यस्ता संस्थालाई आफ्नो इसारामा चनाउन खोजेको उनको आरोप छ ।
एक फरक प्रसङगमा उनले भन्सार विभागले पहिला–पहिला मासिक प्रतिवेदन सार्वजनिक गर्ने गरेको र केही समयदेखि नगरेको बताए । उनले भने, ‘यस्तो रिपोर्ट नआउनु भनेको माथिबाट सिग्नल नआएको हो । मूल्य स्थितीका बारेमा पनि राष्ट्र बैंकले मासिक रुपमा प्रकाशित गर्ने विवरण प्रकाशित गर्दा माथिको संकेत कुुर्नुपर्ने अवस्था आयो, मूल्यवृद्धि कति भयो भन्दैगर्दा डाटाले देखाएको विवरण होइन, हामीले इसारा अनुसार यथार्थ लुकाउनु पर्ने आवस्था आयो भने राष्ट्र बैंकको विश्वसनियता कहाँ जान्छ, हैसियत कहाँ जान्छ ।’
कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्मचारी संगठनका अध्यक्ष रेशम बहादुर बलछौडेले पनि राष्ट्र बैंकमा स्वायत्तताको विषय निकै पेचिलो बन्दै गएको भन्दै आगामी दिनमा स्वायत्ततालाई मजबुत बनाउन सबैलाई आग्रह गरे । राष्ट्र बैंक सरकारको सल्लाहकारको भूमिकामा रहनु पर्ने र त्यही अनुसारको आफ्नो दायित्व निर्वाह गर्न आवश्यक रहेको उनको भनाई छ ।