अर्बपति क्लबमा प्रवेश गरेको माछापुच्छ्रे बैंकको नाफा ४५.२८% बढ्याे



काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार बैंकको नाफा गत आवको सोहि अवधिको तुलनामा ४५.२८ प्रतिशतले बढेर १ अर्ब २४ करोड ८ लाख १८ हजार ३२९ रुपैयाँ रहेको छ । गत आवको सोहि अवधिमा बैंकको नाफा ८५ करोड ४० लाख ५२ हजार १२१ रुपैयाँ रहेको थियो ।

बैंकको नाफा बढ्नमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाले सहयोग गरेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९.९८ प्रतिशतले बढेर दुई अर्ब ६० करोड १६ लाख ९६ हजार ८५६ रुपैयाँ रहेको छ । गत आवको सोहि अवधिमा १ अर्ब ८५ करोड ८५ लाख ५६ हजार ३११ रुपैयाँ रहेको थियो ।

यस्तै बैंकको सञ्चालन मुनाफा १ अर्ब ७० करोड ४४ लाख ७३ हजार ८७८ रुपैयाँ आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिमा ४४.२५ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा १ अर्ब २२ करोड ६७ लाख ४ हजार ५४२ रुपैयाँ रहेको थियो ।

आठ अर्ब ५ करोड ५६ लाख ९३ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकले ८१ अर्ब १६ करोड ३१ लाख ६० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७४ अर्ब ९८ करोड ४० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यो अवधिमा खराब कर्जा बढेर ०.४८ प्रतिशत पुगेको छ । गत आवको सोहि अवधिमा ०.३५ प्रतिशत रहेको थियो । बैंकको प्रति सेयर नेटवर्थ १३३ रुपैयाँ ९१ पैसा रहेको छ ।


क्लिकमान्डु