प्रभु बैंकले ५.३७ प्रतिशत ब्याजदरमा ऋण दिने, कसरी पाइन्छ ? (भिडियाेसहित)



काठमाडौं । प्रभु बैंकले ५.३७ प्रतिशत ब्याजदरमा ऋण दिने योजना सार्वजनिक गरेको छ ।

नेपाल सरकारले ब्याज अनुदान दिने क्षेत्रमा ५.३७ प्रतिशत प्रतिशत ब्याजदरमा कर्जा दिने योजना बैंकले सार्वजनिक गरेको हो ।

बैंकले पाँच प्रकारका कर्जाका योजना सार्वजनिक गरेको छ । बैंकको औसत ब्याजदर ९.३७ प्रतिशत ब्याजदरमा २ प्रतिशत जोडेर बैंकले यस्ता खालका कर्जामा ब्याजदर लिन्छ । जसमा सरकारले ६ प्रतिशत अनुदान दिने भनेको छ । यसो गर्दा ऋणीले ५.३७ प्रतिशतमा ब्याजदरमा ऋण पाउने छन् ।

बैंकले योजनामा व्यवसायिक कृषि कर्जा ५ करोडसम्म दिन सकिने योजना ल्याएको छ श्रमशील कर्जा योजना भनेर ल्याएको यसमा १० लाखभन्दा बढीको ऋण लिनको लागि व्यवसायिक सम्भावना परियोजना मुख्य आधार हुने छ । १० लाखभन्दा बढीको कर्जाको लागि संस्था र १ करोडभन्दा बढीको लागि कम्पनीमा दर्ता भएको हुनुपर्ने छ ।

यस्ते शिक्षित युवा बेरोजगारको लागि उज्वल कर्जा योजना सार्वजनिक गरेको छ । जसको लागि स्नातक उत्तिर्ण र ४० वर्ष उमेर ननाघेको हुनुपर्ने छ ।

विदेशबाट फर्केकोलागि हातेमालो कर्जा योजना ल्याएको छ । जसको १० लाखसम्मको कर्जा ऋणीले पाउन सक्नेछन् । पिआर होल्डर नभएको र विदेशबाट फर्केको ३ वर्ष नभएको व्यक्तिले यस्तो कर्जा पाउनसक्नेछन् ।

महिला उद्यमहरुको उजेली कर्जा योजना बैंकले ल्याएको छ । जसमा १५ लाखसम्मको कर्जा ५ वर्षको लागि पाइने छ ।

दलित समुदायको लागि कर्मवीर कर्जा योजना बैंकले ल्याएको छ । यसमा १० लाख रुपैयाँ ५ वर्षसम्मको अवधीको लागि पाइने छ ।

उच्च र प्राविधिक शिक्षा अध्ययनको लागि बैंकले ५ लाख रुपैयाँसम्म कर्जा दिने जनाएको छ ।


क्लिकमान्डु