अर्थमन्त्री डा. खतिवडाको निर्देशन- राजश्वको गुणात्मक वृद्धि गर्न लाग्नुस




चितवन । अर्थमन्त्री डा युवराज खतिवडाले करको दायरा बढाएर राजश्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिएका छन । आन्तरिक राजश्व कार्यालय भरतपुरका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री दिएका हुन ।

करमा दर्ता मात्रै हुने तर राजश्व तिर्ने गरी व्यवसाय गर्ने कम भएको भन्दै उनले व्यवसाय गर्ने करदातालाई करको दायरामा ल्याउन निर्देशन दिए । आर्थिक दिए । आर्थिक ऐनले समय सीमा तोकेर विभिन्न क्षेत्रमा छुटको व्यवस्था गरेको थियो ।

मन्त्री खतिवडाले आगामी बजेटमा कर प्रणालीमा सुधार गर्नुपर्ने केही देखिएमा सुझाव पठाउन पनि निर्देशन दिएका छन । यस कार्यालयले चितवन र नवलपुर जिल्लाका धेरै मदिरा एवं बियर उद्योग हेर्ने भन्दै उहाँले अन्तः शुल्क सङ्कलनमा चुस्त-दुरुस्त ढङ्गले काम गर्न कर्मचारीलाई निर्देशन दिएको कार्यालय प्रमुख शुवप्रसाद रिजालले बताए ।

सोही अवसरमा राजश्व सचिव लालशङ्कर घिमिरेले बजार अनुगमनमा कडाइ गर्दै बिल नकाट्ने, कम मूल्यको बिल काट्ने जस्ता गतिविधि भए तत्काल रोक्न निर्देशन दिएका थिए । निर्देशन पालना गर्दै लक्ष्य प्राप्तिमा भएका कमजोरीलाई हटाउँदै आगामी दिनमा बाँकी लक्ष्य प्राप्तिका लागि कार्य सम्पादनमा अझ प्रभावकारिता ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

आन्तरिक राजश्व कार्यालयमा ५१ हजार करदाता छन । चालू आर्थिक वर्षको चैतसम्ममा २० अर्ब राजश्व सङ्कलन भइसकेको उनले बताए । यस आर्थिक वर्षमा रु ३० अर्ब राजश्व उठाउने लक्ष्य सो कार्यालयको रहेको छ । रासस


क्लिकमान्डु