प्रधानमन्त्री ओलीका बुवा र सासुले खोले राष्ट्रिय वाणिज्य बैंकमा खाता
काठमाडौ । प्रधानमन्त्री के.पी शर्मा ओलीका वुवा र सासुले आज राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेका छन ।
सरकारद्धारा आज राजधानीमा आयोजित खोलौ खाता अभियानमा प्रधानमन्त्री ओलीका वुवा मोहन प्रसाद ओली र प्रधानमन्त्री पत्नी राधिका शाक्यकि आमा धनमाया शाक्यले आज खाता खोलेका हुन । कार्यक्रममा प्रधानमन्त्री ओलीले बुवा र सासुलाई खाता खोलेपछि चेक हस्तान्तरण गरेका छन ।
सबै नेपालीको बैक खाता खोल्ने अभियान स्वरुप सरकारले खोलौ खाता अभियान सञ्चालन गर्ने भएको छ ।