प्रधानमन्त्रीको सम्बोधन : १७ पेज २ हजार शब्द, उत्तर होइन प्रश्न मात्रै



काठमाडौं । नयाँ वर्षको दिन उकाविहानै प्रधानमनत्री निवास बलाुवाटमा राम्रै चहलपहल थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । सरकारका मन्त्री तथा सचिव सबैलाई आमन्त्रण गरिएको थियो ।

प्रधानमन्त्रीले नयाँ बर्षको दिन केही न केही नयाँ सम्बोधन गर्लान् भनेर आम नेपाली पनि उत्सुक थिए त्यस्तै उत्सुक बालुवाटारमा उपसिथत पनि थिए । सरकारका सचिव , राजनीतिक दलका कार्यकर्ता र विशेष गरी सत्तारुढ दल नेकपाका नेता तथा कार्यकर्ता समेत बालुवाटारमा भेला भएका थिए ।

प्रधानमन्त्रीले १७ पेज लामो २००० हजार शब्दमा आफ्नो सम्बोधन भाषण लिखित रुपमा नै तयार पारेका थिए । प्रधानमन्त्रीले सम्बोधनमा देशले खोजेको उत्तर देलान् भन्ने धेरैको अपेक्षा विपरित प्रधानमन्त्रीले बरु प्रश्न सोधे र कुनै उत्तर दिएनन् ।

उनले केवल प्रश्न मात्रै सोधे, कुनै उत्तर दिएनन्, भ्रष्टाचार नियन्त्रणको प्रयास सामानय नभएको र छाटो समयमा पूरा नहुने भन्दै उनले त्यसलाई निरन्तर अगाडि बढाउने बताए । उनले आफूले वर्ष दिन भरमा गरेका र देशभर घुमेका र डुलेका विषयलाई प्रमुख प्राथमिकतामा राखे ।

उनले गत वर्ष सुरु गरेको भर्ना अभियान तथा केही नियमित र दैनिक काम कारवाहीलाई समेत सम्बोधनमा उल्लेख गरे । प्रधानमन्त्रीले उत्तर देलान्, किन दुई तिहाईको सरकार प्रभावकारी रुपमा अगाडि बढ्न सकेन भन्ने अपेक्षा धेरैको थियो । तर उनले कुनै पनि उत्तर दिएनन् र मात्रै सोधे प्रश्न ।

बालुवाटार जग्गा प्रकरण बारे बोले प्रधानमन्त्री

प्रधानमन्त्रले जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गाहरु सबै फिर्ता गरिने बताए । बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा नै भूमाफियाहरुले बेचेको खुलासा भएको बेला प्रधानमन्त्री ओलीले राज्यको सम्पत्तिमाथिको अनधिकृत दोहनलाई छुट नदिइने बताए । यद्यपि भ्रष्टाचारविरुद्ध लड्न सहज नभएको बताउँदै उनले यसलाई उन्मूलन गर्न लामो समय लाग्न सक्ने पनि बताए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘तर जुनसुकै मूल्य चुकाएर भए पनि भ्रष्टाचारलाई उन्मुलन गरीछाड्ने अभियानमा म प्रतिबद्ध छु ।’


क्लिकमान्डु