जनताले तिरेको करलाई व्यवसायीले भजाउने काम बन्दगर्नुपर्यो : अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले जनताले तिर्ने करलाई आफुले तिरेजस्तो नगर्न आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं साधारणसभामा बोल्दै अर्थमन्त्री खतिवडाले कर जनताले तिर्ने र त्यसलाई व्यवसायीले मध्यस्तकर्ता गर्ने हुँदा फरक भूमिका नखोज्न र यसलाई नभजाउन आग्रह गरे ।

‘धेरै व्यापारीले कर तिरेको भन्नुभयो, खासमा तपाईहरु दायरामा आउनु भएकोमा स्वागत छ,कर जनताले तिर्ने हो तपाईहरुको काम मध्यस्तकर्ताको हो’,अर्थमन्त्री खतिवडाले भने ।

उनले देशभित्रका व्यवसायीहरुबीच मत बाझिने गरेको बताए ।

‘कोही आएर ब्याजदर तोक्नभन्नुहुन्छ,कोहीले हुँदैन भन्नुहुन्छ भने कसैले आयात नियन्त्रण गर्न भन्यो कसैले नग्रन यसमा तपाईहरु एकमत हुनुहोस्,’ खतिवडाले भने ।


क्लिकमान्डु