नेपालले कतारमा खानेपानी निर्यात गर्ने



काठमाडौं । नेपालले कतारमा खानेपानी निर्यात गर्ने भएको छ । यसको लागि खानेपानी मन्त्री बिना मगरले पहल गरेकी छन् ।

खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच आज मंगलबार खानेपानी मन्त्रालयमा छलफल भएको छ ।

कतारमा खानेपानी निर्यात गर्ने विषयमा छलफल भएको भेटपछि मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेपालको खानेपानी त्यसै खेर गएको हुँदा त्यसलाई निर्यात गर्ने विषयमा छलफल चलाएको खानेपानी मन्त्री मगरले जानकारी दिइन् ।

‘पानीको स्रोतको सदुपयोग गरेर स्प्रिङ वाटर निर्यात गर्ने विषयमा मेरो ध्यान बढी केन्द्रित छ। कतार सरकारसँग सहकार्य गरेर अघि बढ्न पाए अझ राम्रो हुन्थ्यो। म एकदम उत्साहित छु,’ मगरले भनिन् ।

नेपालबाट खानेपानी निर्यातको भने राम्रो सम्भावना रहेको छ ।


क्लिकमान्डु