हावाहुरीले २ हजार विजुली पोलमा क्षती, १५ करोडको विद्युत् प्राधिकरणलाई नोक्सान



काठमाडौं । बारा र पर्सा जिल्लामा आइतबार गएको हाबाहुरीको कारण विद्युत् आपूर्तिमा समस्या परेको छ ।

प्राधिकरणका अनुसार परावनीपुर(वीरगंज टट केभी डवल सर्किट लाइनमा क्षति पुगी विद्युत आपूर्ति बन्द अवस्थामा रहेको छ ।

यस्तै वीरगंज(कलैया घघ केभी लाइन क्षतिग्रस्त भएको अवस्था छ ।

भारतबाट विद्युत आयत हुने ज्ञघद्द केभी रक्सौल(परवानीपुर प्रसारण लाइन तथा घघ केभी रक्सौल(वीरगंज प्रसारण लाइन क्षतिग्रस्त भर्इ उक्त लाइनहरुबाट विद्युत आयात बन्द अवस्थामा छ।

कलैया वितरण केन्द्र अन्तर्गतको विद्युत प्रणालीमा मात्र करिब १ हजार देखि १५ सयसम्म विद्युत पोलहरु लडेको छन् र विद्युत तारहरु विभिन्नम् स्थानमा चुँडिएका छन् ।

कलैया स्थित प्राधिकरणको सवस्टेशन हिजो नै चन्द्रनिगाहपुर सबस्टेशनबाट चार्ज गरी बजार क्षेत्रमा विद्युत आपूर्तिको व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।

विद्युत प्रणालीमा पुगेको हानी नोक्सानीको पूर्ण विवरण आइनसकेता पनि प्रारम्भिक अनुसार करिब २ हजार पोल र कैयौं ट्रान्सफर्मरमा क्षति भर्इ करिब १० देखि १५ करोड रुपैयाँको नोक्सान्ी भएको अनुमान प्राधिकरणले गरेको छ ।
प्राधिकरणले विद्युत् आपूर्तिको लागि काम गरिरहेको जनाएको छ ।


क्लिकमान्डु