अबको ४ महिनामा १ खर्ब ३५ अर्ब खर्च हुने, पुँजीगत खर्च ८५% पुग्ने



काठमाडौं– अबको चार महिनामा एक खर्ब ३५ अर्बको हाराहारीमा पुँजीगत खर्च हुने अर्थसचिव डा. राजन खनालले बताएका छन ।

आज संसद्को अर्थ समितिमा बोल्दै अर्थसचिव डा. राजन खनालले ८५ प्रतिशत पुँजीगत खर्च हुने जानकारी दिएका हुन । उनले भने,– आजसम्म २८ दशमलव ८९ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ । अबको ४ महिनामा ८७ प्रतिशत पुँजीगत खर्च हुन्छ , यसमा ढुक्क हुनुहोस्।’ ।

चालु आर्थिक बर्षको बजेटमा तीन खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ पुँजीगत खर्च विनियोजन गरिएको र अहिलेसम्म ९१ अर्ब ५४ करोड रुपैयाँ मात्र पुँजीगत खर्च भएको समेत उनले जानकारी दिएका छन ।

अबका चार महिनामा ८५ प्रतिशत पुँजीगत खर्च पुर्याउनका लागि खर्च दुई खर्ब २६ अर्ब पुर्याउनु पर्ने देखिएको छ । पुँजीगत खर्चको यो अवस्था हेर्दा गत वर्षमा जस्तै अन्तिम समयमा आएर बजेट खर्च हुने अवस्था दोहोरिने देखिएको छ ।


क्लिकमान्डु