१६ वटा सरकारी भवनको निर्माण सकियो



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालु आर्थिक वर्षको माघ मसान्तसम्म १६ वटा सरकारी भवनको निर्माण सम्पन्न गरेको छ । ती भवनहरुको निर्माणपछि दैनिक कार्य सञ्चालन भइसकेको प्राधिकरण अन्र्तगतको केन्द्रिय आयोजना कार्यान्वय इकाईका आयोजना उपनिर्देशक राजु न्यौपानेले बताए ।

सरकार र एशियाली विकास बैंक(एडीबी) को सहयोगमा १६ वटा भवन निर्माण सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरेको प्राधिकरणले जनाएको छ । २०७२ वैशाख १२ को भूकम्पले ३७९ वटा सरकारी भवनमा क्षति पूर्याएको थियो । त्यसमध्ये २३२ वटा सरकारी भवन मर्मत तथा रेट्रोफिटिङ भइसकेको इकाईका आयोजना उपनिर्देशक न्यौपानेले बताए ।

भूकम्प गएयता प्राधिकरणले ७० प्रतिशत भन्दा बढी भवन निर्माण सम्बन्धि काम सम्पन्न भएको जनाएको छ । २०७६/७७ सम्म ८० प्र्रतिशत भवनको पूननिर्माण सम्पन्न हुने उपनिर्देशक न्यौपानेले बताए । ‘आव ७४÷७५ मा ४५ प्रतिशत भवन निर्माण सम्पन्न भइसकेको छ, ७५/७६ मा ८० प्रतिशत भवन पुनर्निर्माण सकिने छ भने आव ७६÷७७ मा शतप्रतिशत काम सम्पन्न हुनेछ,’ न्यौपानेले भने ।

आव २०७६/७७ सम्ममा प्राधिकरणले ५४४ वटा स्वास्थ्य संस्था पुनर्निर्माण गर्नुपर्नेमा चालु आवमा २१६ वटा स्वास्थ्य संस्था पुनर्निर्माण सक्ने लक्ष्य राखेको छ । सरकारी भवन निर्माणको लागि ३३ अर्ब २५ करोड लागत अनुमान गरेको प्राधिकरणले हालसम्म सरकारी भवन निर्माण, भवन निर्माण तालिम लगायतमा ४ अर्ब ५० करोड रुपैयाँ खर्च भएको जनाएको छ ।

भूकम्पले क्षति पू¥याएको ३१ जिल्लामा प्राधिकरणले राहत तथा पुनर्निर्माण सम्बन्धि काम गर्दै आएको छ । प्राधिकरणलाई सरकारी भवनसँगै स्वास्थ्य चौकी, विधालय, निजी आवास पुनर्निर्माण गर्नुपर्ने प्राधिकरणल जनाएको छ ।


क्लिकमान्डु