बुध्द एयरको कोलकोता उडान जेठ १३ देखि



काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुध्द एयरले जेठ १३ देखि कोलकातामा उडान भर्ने भएको छ ।

यसअघि बुध्दले वैशाख २ गतेदेखि कोलकाता उडान गर्ने भनेको थियो । त्यो समयमा भारतमा लोकसभा निर्वाचनले गर्दा समय पछि सरेको बताइएको छ । लोकसभा निर्वाचन भारतमा यही अप्रिल ११ देखि मे १९ सात चरणमा सञ्चालन हुनेछ ।

कोलकोता उडान एटिआर ७२–५०० जहाजले साताको नियमित ३ उडान भर्नेछ । निर्वाचनले उडान समय परिवर्तन भएको बताइएको छ । तर उडान समय तालिका भने परिवर्तन नभएको कम्पनीले जनाएको छ । उडान हरेक साताको सोमबार, बुधबार र शुक्रबार हुने छ ।

भारतीय यात्रुहरुको लागि बुध्द एयरको भगीनी संस्था बुध्द होलिडेजले विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेजहरु पनि सञ्चालन गर्नेछ । यसका लागि भारतमा डिजिटलका साथै अन्य माध्यमबाट पनि प्रचार प्रसार गरिरहेको छ । यसैगरि नेपाली यात्रुहरुका लागि पनि कोलकाता टुर प्याकेज, गंगासागर तथा जग्गनाथपुरी दर्शन प्याकेज ल्याएको छ ।

बुध्द एयरसँग अहिले ६ वटा एटिआर ७२–५००, तीनवटा एटिआर ४२–३२० र २ वटा बीचक्राफ्ट जहाज सन्चालनमा छन् । एटीआर ७२ जहाज अर्को महिनादेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु