हरेक वर्ष दोहोरो अंकको आर्थिक बृद्धि गर्ने लक्ष्यसहित १५औं योजनाको आधारपत्र तयार



काठमाडौँ । सरकारले हरेक वर्ष दोहोरो अङ्कको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । राष्ट्रिय योजना आयोगले १५ औँ पञ्च वर्षीय योजना सार्वजनिक गर्दै यस्तो जनाएको छ ।

हरेक वर्ष दोहोरो अङ्कको आर्थिक वृद्धिका लागि कृषि, उद्योग र सेवा क्षेत्रको योगदानलाई प्राथमिककतामा राखिएको छ । जसमा कृषि क्षेत्रको औसतमा ५.६ प्रतिशत आर्थिक वृद्धि हुनेछ । त्यसको लागि आठ खर्ब ३० अर्ब ३० करोड अर्थात् ८.६ प्रतिशत लगानी हुने आंकलन गरिएको छ ।

यस्तै उद्योग तर्फ औसत १७.१ प्रशित वृद्धि हुने लक्ष्य राखिएको छ । जसका लागि ३५ खर्ब ८३ अर्ब ४७ करोड रुपैयाँ अर्थात् ३६.६ प्रतिशत लगानी आवश्यक ठानिएको छ । यता सेवा तर्फ ९.९ प्रतिशत आर्थिक वृद्धि हुने आंकलन गरिएको छ । यसका लागि ५३ खर्ब ५६ अर्ब ९७ करोड रुपैयाँ अर्थात् ५४.८ प्रतिशत लगानीको आकंनल गरिएको छ ।

आयोगले वर्षिक १०.१ प्रतिशत आर्थिक बृद्धिका लागि ९७ खर्ब ७७ अर्ब ७५ करोड रुपैयाँ लगानी आवश्यक रहेको छ ।

उक्त लगानी मध्ये ३६ खर्ब ७४ अर्ब ५६ करोड अर्थात् ३७.६ प्रतिशत सरकारले लगानी गर्ने आयोगले जनाएको छ । निजी क्षेत्रको ५६ खर्ब ८३ अर्ब ८८ करोड रुपैयाँ अर्थात् ५८.१ प्रतिशत र सहकारी क्षेत्रको चार खर्ब १९ अर्ब ३१ करोड अर्थात् ४.३ प्रतिशत लगानी हुने आयोगको अपेक्षा रहेको छ ।

आयोगले १५ औँ योजना अवधिमा सम्पन्न गर्नुपर्ने आयोजनामा १७ वटालाई आफ्नो प्राथमिकतामा पनि राखेको छ ।

आयोगका अनुसार योजना अवधिमा सम्पन्न गर्नुपर्ने राष्ट्रिय गौरवका आयोजनामा सिक्टा सिंचाइ, बबई सिंचाइ, राजीनमरा कुलरिया सिंचाइ, भेरी बबई डाईभर्सन बहुउद्देशीय आयोजना, गौतमबुद्ध अन्र्राष्ट्रिय विमानस्थल आयोजना, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ तराई मधेश दुतमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग, कोशी लोकमार्ग, कालीगण्डकी कोरिडोर, कर्णाली कोरिडोर, हुलाकी लोकमार्ग, मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोशी जलविद्युत परियोजना,लुम्बिनी विकास कोष, र विद्युत प्रशारण आयोजना रहेका छन् ।


क्लिकमान्डु