अर्थमन्त्री खतिवडाले भनेः मेरो राजिनामाको कुरा हल्लामात्रै (भिडियोसहित)



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आफ्नो राजिनामाको कुरा हल्ला मात्र भएको बताएका छन् ।

अर्थमन्त्रालयमा मंगलबार आयोजना भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले आफ्नो राजिनामाको कुरा हल्ला मात्र भएको बताएका हुन् ।

‘म पहिलोपटक वासिटन डिसी जादा अर्थमन्त्रीलाई विश्व बैंकमा जादा अर्थमन्त्रीलाई हटाइसकियो रे  भन्ने हल्ला चलेछ, दोस्रो पटक बेलायत जादा अर्थमन्त्रीले राजिनामा दिने हल्ला चलेको रहेछ,’ अर्थमन्त्री खतिवडाले भने ।

सेयर बजारमा चलखेल गर्न अर्थमन्त्री हटाइँदैछ भन्ने हल्ला

उनले तेस्रो पटक बजार हल्ला अब अर्थमन्त्री कहिल्लै राजिनामा नदिने भए, बसी पो रहने भए  भनेर लेख्नको लागि पत्रकारलाई आग्रह गरे ।

केही समय अगाडि अर्थमन्त्रीको राजिनामा दिने हल्ला चलेको थियो ।


क्लिकमान्डु