बिके श्रेष्ठको परिवारले एभरेष्ट बैंकको सेयर १ अर्ब ९१ करोड रुपैयाँमा बेच्यो



काठमाडौं । एभरेष्ट बैंकका संस्थापक रहेका बिके श्रेष्ठको परिवारले एभरेष्ट बैंकको सेयर बेचेको छ ।
बिकेको परिवारका राधा श्रेष्ठ र नेपालकृष्ण श्रेष्ठले प्रतिमा श्रेष्ठलाई सेयर बेचेका हुन् ।
राष्ट्र बैंकले एउटै परिवारको नाममा १५ प्रतिशतभन्दा बढी सेयर रहेको भन्दै बिके श्रेष्ठलाई नगद लाभांश लिन रोक लगाएको थियो ।
आइतबार राधा र नेपालकृष्णको नाममा रहेको सेयर प्रतिमा श्रेष्ठलाई बेचिएको नेप्से स्रोतले जानकारी दियो । एभरेष्ट बैंकको ७ लाख २३ हजार ३७५ कित्ता संस्थापक सेयर १ अर्ब ९१ करोड ७६ लाख रुपैयाँमा कारोबार भएको छ ।
सेयर खरिद गर्ने प्रतिमा श्रेष्ठ पनि बिकेको एकाघरभित्र नपरेपनि नातेदार नै पर्छिन् ।


क्लिकमान्डु