काठमाडौं । राष्ट्रिय गौरबको आयोजना मानिएको मेलम्ची खानेपानी आयोजना निर्माण गर्दै आएको इटालियन ठेकेदार कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता तोडिएको छ ।
समयमा काम गर्न नसकेको भन्दै उक्त सम्झौता खारेज गरिएको आयोजनाले जानकारी दिएको छ । सम्झौता खारेज भएसँगै अन्तिम चरणमा पुगेको भनिएको उक्त आयोजना पुर्ण हुन अव केहि समय लाग्ने जानकारी दिएको हो ।
समयमा काम गर्न नसक्नुका साथै कतिपय अवस्थामा सम्पर्कविहिन हुने गरेको आरोप समेत सिएमसी कम्पनीलाई छ । सरकार र मेलम्चीको ठेकेदार कम्पनीको विवाद उत्कर्षमा पुगेसँगै मेलम्ची खानेपानी आयोजना निर्माण अन्योल बनेको छ।
सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले अरुलाई दिएर भएपनि मेलम्ची खानेपानी आयोजनाको काम पुरा हुने बताए ।
मन्त्री बास्कोटाले गर्ने नियमित पत्रकार सम्मेलनमा चुप लागेर नबस्ने बताए ।
प्रतिक्रिया