धनगढीमा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल बन्ने, लगानी सम्मेलनमा परियोजना अगाडि सारिने



काठमाडौं । धनगढीमा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने तयारी गरिएको छ । धनगढीमा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल बनेमा नेपालमा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको संख्या तीनवटा हुने छ ।

अहिले पोखरा र भैरहवामा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको काम अगाडि बढेको छ । काठमाडौं र बाराको निजगढलाई भने अन्तराष्ट्रिय विमानस्थलको रुपमा राखिएको छ ।

लगानी बोर्डले धनगढीमा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनको लागि प्रस्ताव अगाडि बढाएको छ । योसँग सम्बन्धित प्रक्रिया नागरिक तथा उड्यन मन्त्रालयले बनाउने छ ।

लगानी बोर्डले चैतमा गर्न लागेको लगानी सम्मेलनमा धनगढीमा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने एउटा प्रोजेक्टको रुपमा अगाडि सार्ने छ ।

लगानीकर्ताले नेपालमा लगानी गर्नको लागि आयोजना माग गरेका छन् सो अनुसार धनगढीमा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनको लागि लगानीकर्तालाई परियोजनाको रुपमा प्रस्तुत गरिने लगानी बोर्ड कार्यालयले जानकारी दिएको छ ।

सरकारले सातै वटा प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजना अगाडि सारेको थियो । भौगोलिक स्थितीको आधारले कर्णाली प्रदेश बाहेक अन्य स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन भने सम्भव रहेको छ । जसमा ७ प्रदेशमा धनगढीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रस्ताव राखिएको हो ।

लगानीकर्ताले प्रोजेक्ट माग गर्दा एउटा प्रोजेक्टको रुपमा धनगढीमा अन्तर्राष्ट्रिय विमानस्थल समेत राखिने भएको लगानी बोर्ड कार्यालयले जनाएको छ ।

सरकारले चैतको पहिलो साता लगानी सम्मेलनको आयोजना गर्न लागेको छ ।


क्लिकमान्डु