हेलिकप्टर सोसाइटीको गुनासो- गुणस्तरीय उद्धार गर्दा पनि अनेक लाञ्छना लगाइयो



काठमाडौ । हेलिकप्टर कम्पनीहरुको साझा संस्था हेलिकप्टर सोसाइटी अफ नेपालले हेलिकप्टर संचालकहरुले विभिन्न तरिकाले ठगेको विषयमा पछिल्लो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडियामा आएका समाचारप्रति खेद व्यक्त गरेको छ ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सोसाइटीका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले संचार माध्यमहरुमा पदयात्रा तथा पर्वतारोहण जाने पर्यटकहरुलाई विरामी बनाई रकम असुली, फेक रेस्क्यु, अस्पताल सञ्चालकहरुसँगको साँठगाँठ जस्ता तथ्यहिन विषय समाचार बनेकोमा आफुहरुको गम्भीर आपत्ति भएको बताएका छन ।

साथै पर्यटकीय सिजन शुरु हुने बेलामा यस्ता समाचार राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडियामा पुनः आइरहनुमा दुखद रहेको समेत उनको गुनासो छ ।

यसका साथै उद्धार कार्यमा संलग्न सिमित ब्यक्ति, संघसंस्थाको खराब आचरण व्यवहार, गैरकानुनी क्रियाकलापको कारण नेपालको पदयात्रा तथा पर्वतारोहणको क्षेत्र स्वदेश तथा विदेशमा समेत बदनाम हुने र समग्र पर्यटन क्षेत्र तथा राष्ट्रिय अर्थतन्त्रमा विभिन्न समस्याहरु उत्पन्न हुनेमा समेत उक्त सोसाइटीले सरकार र सरोकारवालहरुको ध्यानाकर्षण गराएको छ ।

हेलिकप्टर सोसाइटीमा रहेका सबै हेलिकप्टर कम्पनीहरुले कुनै किसिमको गलत स्वार्थ नराखि दक्ष प्राविधिकहरुलाई हाई अल्टिच्युड रेस्क्यु सम्बन्धि तालिम गराई उद्धार सेवा दिदै आएको समेत जानकारी गराएका छन ।

उद्धारका क्रममा कुनै पनि अनिधिकृत क्रियाकलापमा सोसाइटीका कुनै सदस्य संलग्न नरहेको, सोहि वापतको रकम सम्वन्धित कम्पनीहरुबाट लिने गरेको र इन्सुरेन्स कम्पनीहरुले अपरेटरलाई सिधै उडान दिने नगरेको अवस्थामा विभिन्न लाञ्छना लगाउनुमा सिमित व्यक्तिहरुको ठुलो चलखेल रहेको सोसाइटीले आशंका गरेको छ ।

त्यसैगरी नेपाल सरकारले उद्धार सम्वन्धि पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमन सम्वन्धी कार्यविधि २०७५ लागु समेत गरिसकेको हुँदा पर्यटन क्षेत्रमा प्रतिकुल असर पर्ने समाचार प्रकाशनप्रति सरोकारवालहरुले ध्यान पु¥याउनु पर्ने हेलिकप्टर सोसाइटीले बताएको छ ।

नेपालमा आउने पर्यटकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न तथा नेपालको अर्थतन्त्रलाई मजुबुत बनाउल नेपाका सबै हेलिकप्टर कम्पनीहरु दत्तचित्त भई लागि परेको उक्त पत्रकार सम्मेलनमा उपस्थित सरोकारवाला अधिकारीहरुले बताए ।

उनीहरुले गलत कार्य गर्नेलाई आवश्यक छानविन गरि कार्वाहि गर्न नेपाल सरकार समक्ष आग्रह समेत गरेका छन ।

भिडियाे हेर्नुहाेस


पुष्प दुलाल