बैंकको नाफाः ग्लोवलको १ अर्ब २२ करोड, सिटिजन्सको ७७ करोड,
काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आईपुग्दा नाफामा २५.४५ प्रतिशतले बढाएर १ अर्ब २२ करोड ९३ लाख ८६ हजार रुपैयाँ पुर्याएको छ ।
बैंकको नाफा गत आवको सोहि अवधिमा ९७ करोड ९९ लाख २५ हजार रुपैयाँ रहेको थियो । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो अवधिमा वितरण योग्य नाफा १ अर्ब १२ करोड ७० लाख ४१ हजार रहेको छ । गत आवको सोहि अवधिमा ९१ करोड ५९ लाख ८० हजार रुपैयाँ रहेको थियो ।
बैंकको खुद नाफा बढनमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार आएको छ । गत आवको दोस्रो त्रैमासमा १ अर्ब ८५ करोड ७६ लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी २८.१७ प्रतिशतले बढेर चालु आवको सोहि अवधिमा आईपुग्दा २ अर्ब ३८ करोड १० लाख ८० हजार रुपैयाँ पुगेको छ ।
यस्तै गत आवको दोस्रो त्रैमासमा १ अर्ब ३७ करोड ९१ लाख ९८ हजार सञ्चालन मुनाफा आर्जन गरेको बैंकले अहिले यो क्रम २६.२४ प्रतिशतले बढेर १ अर्ब ७४ करोड ११ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।
१० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ४ अर्ब ४८ करोड ८५ लाख ३९ हजार रुपैयाँ रहेको छ ।
१ खर्ब १३ अर्ब १७ करोड ५९ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब २ अर्ब ४० करोड ८४ लाख ५५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोहि अवधिमा बैंकको खराब कर्जा घटेको छ । गत आवको सोहि अवधिमा १.६१ प्रतिशत खराब कर्जा रहेको बैंकले चालु आवको सोहि अवधिमा आईपुग्दा ०.७५ प्रतिशतमा सिमित बनेको छ ।
२३ रुपैयाँ ८५ पैसा प्रति सेयर आम्दानी रहेको बैंकको प्रति सेयर नेटवर्थ भने १४३ रुपैयाँ ५३ पैसा रहेको रिपोर्टमा उल्लेख छ ।
त्यसैगरी, सिटिजन्स बैंक इन्टरनेसनलले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७७ करोड ३ लाख ४६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
गत आवको भन्दा यो वर्षको सोहि अवधिमा बैंकको नाफा २२.५४ प्रतिशतले बढेको छ । गत वर्षको सोहि अवधिमा ६२ करोड ८६ लाख रुपैयाँ रसहेको थियो । चालु आवको दोस्रो त्रैमासमा आईपुग्दा बैंकको वितरण योग्य नाफा ६५ करोड ९६ लाख ९६ हजार रुपैयाँ रहेको छ । गत आवको सोहि अवधिमा यस्तो नाफा ६२ करोड ८६ लाख रुपैयाँ रहेको थियो ।
बैंकले यो अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा राम्रै प्रगति गरेको रिपोर्टमा देखिएको छ ।
गत वर्ष ९७ करोड ४९ लाख १९ हजार खुद ब्याज आम्दानी गरेको बैंकको गत आवको सोहि अवधिको तुलनामा ५३.२९ प्रतिशतले बढेर १ अर्ब ४९ करोड ४५ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।
सञ्चालन मु्नाफा पनि २४.०९ प्रतिशतले बढेर १ अर्ब ८ करोड ६४ लाख ७१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा ८७ करोड ५४ लाख ९९ हजार रहेको थियो ।
८ अर्ब ३७ करोड १० लाख ६५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ३७ करोड २३ लाख ५८ हजार रुपैयाँ रहेको छ ।
६५ अर्ब १२ करोड ४२ लाख ८१ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ६० अर्ब ४७ करोड ४४ लाख ३५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
यो अवधिमा बैंकको खराब कर्जा १.९४ प्रतिशतबाट घटेर १.६२ प्रतिशतमा आईपुगेको छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४२ पैसा रहेको छ ।