ग्लोबल आइएमइ र एनआइसी एशिया बैंकले साढे ५ अर्बको ऋणपत्र जारी गर्ने, ब्याजदर कति ?



काठमाडौं । ग्लोबल आइएमइ बैंक र एनआईसी एशिया बैंकले ५ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएका छन् । दुबै बैंकलाई नेपाल धितोपत्र बोर्डले ऋणपत्र निष्काशनको अनुमति दिएको छ ।

एनआईसी एसियालाई ४ अर्ब र ग्लोबल आईएमई बैंकलाई १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न बोर्डले स्वीकृती दिएको हो।

दुवै बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यमा ऋणपत्र निष्काशन गर्ने अनुमति पाएका हुन् ।

एनआईसी एसिया बैंकले ४० लाख कित्ता ऋणपत्र बिक्री गर्नका लागि नेपाल एसबिआई क्यापिटललाई जिम्मा दिएको छ । बैंकले निष्काशन गरेको ऋणपत्रमा १० प्रतिशत ब्याज पाइन्छ । यो ऋणपत्र १० वर्षे अवधिको हो ।

ग्लोबल आईएमई बैंकले ५ वर्षे अवधिका लागि ३० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ। ऋणपत्र किन्नेलाई बैंकले १० प्रतिशत ब्याज दिन्छ । बैंकले ऋणपत्र निष्काशनको जिम्मा एनआईबिएल एस क्यापिटललाई दिएको छ ।


पुष्प दुलाल