नेपाल टेलिकमले प्रति शेयर ५५ रुपैंया नगद लाभांश दिने




काठमाडौ । नेपाल दूरसञ्चार कम्पनीको एघारौं वार्षिक साधारणसभाले मुनाफा रकम मध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

एघारौँ साधारण सभाले पारित गरेबमोजिमको लाभांश रकम २०७५ माघ १ गते देखि एनएमबी बैंकमार्फत शेयरधनीहरुलाई वितरण गर्ने ब्यवस्था गरिएको छ ।

साथै नेपाल टेलिकमले निकट भविष्यमा नै देशैभरी चौथौ पुस्ताको मोबाइल सेवा विस्तार गर्न आपूर्ति गर्ने क्रममा रहेको द्धन्रीत्भ् उपकरणलाई छन् मा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । ग्राहकहरूको घरसम्म अप्टिकल फाइबर मार्फत द्रूत गतिको ब्रोडब्याण्ड इन्टरनेट तथा भ्वाइस सेवा सञ्चालन गर्न सकिने र नेपालमा उपलब्ध इन्टरनेट सेवामध्ये सबैभन्दा उच्च गतिको इन्टरनेट सेवाको विस्तार लाई समीक्षा वर्षमा पनि निरन्तरता दिइने बताइएको छ ।


पुष्प दुलाल