नेप्से परिसूचक १.४८ अंकले बढ्यो,नेपाल बैंकको ११ करोड ६३ लाख रुपैयाँको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा ३६ करोड रुपैयाँको कारोबार भएको छ ।

साताको अन्तिम दिन नेप्सेमा ३६ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ । नेप्से परिसूचक १.४८ अंकले उकालो लागेको छ । १६३ कम्पनीको सेयर खरिदबिक्री भएको छ ।

नेप्सेमा बिहीबार सबैभन्दा बढी नेपाल बैंकको ११ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ । ठूलो रकमको कारोबार नेपाल बैंकको भएपनि सेयर मूल्य भने १ रुपैयाँले बढेको छ । पछिल्लो समय बोनस सेयर पाउने आशमा नेपाल बैंकको कारोबार रकम र मूल्य समेत बढ्दै गएको छ ।


क्लिकमान्डु