७५३ वटै स्थानीय तहमा प्रधानमन्त्री रोजगार सेवा केन्द्र खोल्ने तयारी



काठमाडौं । बेरोजगार युवालाई लक्षित गर्दै अगाडि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गर्ने तयारी गरिएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बरोजगार कार्यक्रम सञ्चालन गर्न नियमावली तयारी भइसकेको र निर्देशिका बन्ने तयारीमा रहेको जनाएको छ ।

नियमावली पारित भइसकेको र निर्देशिका बनाउने र आवश्यक तयारी सम्पन्न गरी आगामी १ महिनाभित्र प्रधानमन्त्री रोजगार िकार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत समावेश गरिएको सो कार्यक्रमलाई लागू गरेर यूवालाई स्वदेशमा नै रोजगारी दिने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ ।

बेरोजगार युवालाई रोजगारी दिन ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । सेवा केन्द्रका लागि अधिकृत छनोट प्रक्रिया सुरु गरिएको छ । सो कार्य स्म्पन्न हुनासाथ रोजगारीको प्रक्रिया सुरु गरिनेछ ।

त्यस्ता केन्द्रले बेरोजगारको तथ्याङक संकलनसँंगै सीपको विवरण राखी बेरोजगार युवाको संख्या र उनीहरुको सीपबारेको विवरण सरकारलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

सोही तथ्यांकका आधारमा बेरोजगार युवालाई रोजगारीको अवसर प्रदान गरिनेछ ।

मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरोकारवाला तथा विज्ञसँग सुझाव संकलन गरिरहेको मन्त्री गोकर्ण विष्टको भनाइ छ ।


पुष्प दुलाल