कैलाश विकास बैंकले १७% नगद लाभांश दिने

245
Shares


काठमाडौ । कैलाश विकास बैंकको २५औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बैंकका अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षतामा भएको सभाले शेयरधनीलाई प्रस्ताव गरिएको १७ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको बताइएको छ । गत आ.व. २०७४÷७५ को नाफाबाट उक्त लाभांश प्रस्ताव गरिएको थियो ।

राष्ट्रिय स्तरका विकास बैंकहरुमा सबैभन्दा जेष्ठ यस विकास बैंकको चुक्तापूँजी .२ अर्व ५२ करोड रहेको छ । यस बैंकले ८० वटा शाखाबाट समस्त आधारभूत बैंकिङ्ग सेवाको साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको बैकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।