पुँजी बढाउने निर्णयले नागरिक लगानी कोषको सेयर खरिद गर्नेको भिड,सेयर मूल्य करिब ६ प्रतिशतले बढ्यो
काठमाडौं । सरकारले नागरिक लगानी कोष ऐन संसोधन गर्दै यसको चुक्ता पुँजी ३ अर्ब पुर्याउने निर्णय गर्यो ।
बिहीबार बजार बन्द भएपछि सरकारले मन्त्रीपरिषद्को निर्णय सुनाएको थियो । आइतबार बजार खुल्नासाथ नागरिक लगानी कोषको सेयर खरिदमा अत्याधिक लगानीकर्ता लागेको देखिन्छ ।
मार्केट डेप्थ अनुसार ४५७२ कित्ता सेयर खरिदका लागि अर्डर छ । यस्तै बिक्रीका लागि २३१६ कित्ता सेयर अर्डर छ । अहिलेसम्म यसको सेयर मूल्य बिहीबारको तुलनामा ५.९५ प्रतिशतले बढेको छ ।
२२२५ रुपैयाँ सेयर मूल्य यसको पुगेको छ । करिब १ अर्ब चुक्ता पुँजी भएको कोषको चुक्ता पुँजी ३ अर्ब पुर्याउने निर्णय सरकारले गरेको थियो ।