आजदेखि युनिभर्सल पावर कम्पनीको २१ लाख कित्ता आइपिओ खुल्यो
काठमाडौं । युनिभर्सल पावर कम्पनीले आइतबारदेखि २१ लाख ३ सय ५० कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको छ ।
कम्पनीले सय रुपैयाँ अंकित दरका २१ करोड ३५ हजार रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गरेको हो । कम्पनीले निष्काशन गरेको साधारण सेयर पुस २९ गतेसम्म आवेदन दिन पाइनेछ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आयोजना प्रभावित दोलखाको गौरिशंकर, कालिञ्चोक, र विगु गाउँपालिकाका स्थानीय मात्रै आवेदन दिन पाउने छन् ।
स्थानीयहरुले हिमालयन बैंक गौरिशंकर शाखा, सिद्धार्थ बैंक, एनआईसी एशिया, महालक्ष्मी विकास बैंक, र सिन्धु विकास बैंकको चरिकोट शाखा कार्यालय तथा सिन्धु विकास बैंकको मुडे र सिंगटी शाखा कार्यालयबाट पनि आइपिओमा आवेदन दिन पाइने छ ।
न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने सिद्धार्थ क्यापिटलले जनाएको छ ।
तल्लो खारेखोलामा ११ मेगावाट बिजुली उत्पादनको क्षमता भएको आयोजना २ अर्ब ४ करोड रुपैयाँ लागतमा निर्माण गरिरहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १३ करोड ४१ लाख ८९ हजार रुपैयाँ छ ।