अर्थमन्त्री खतिवडा भन्छन्- चार महिनामा विदेशी लगानी घट्दा आत्तिनुपर्दैन,वर्षको आउदा बढ्छ



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले चार महिनामा विदेशी लगानीको तथ्यांक घट्दा आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

कम्पनी दर्ताको क्रम बढीरहेको र वर्षको अन्त्यमा आइपुग्दा अघिल्लो वर्षभन्दा यो वर्ष लगानी बढ्ने उनले बताए ।

यस्ते लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले पनि लगानी हरेक वर्ष बढ्दो क्रममा रहेको र कुनै महिनाको तथ्यांकको आधारमा लगानी घटेको भन्न नमिल्ने बताए ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार कात्तिक महिनासम्ममा ४ अर्ब ९५ करोड रुपैयाँको बैदेशिक लगानी भित्रिएको छ ।

अघिल्लो वर्षको कात्तिक मसान्तसम्ममा १० अर्ब १७ करोड रुपैयाँ बैदेशिक लगानी आप्रवाह भएको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ ।


क्लिकमान्डु