आज सेयर नकिने यी ९ कम्पनीको लाभांस पाइँदैन



काठमाडौं । तपाईं सूचिकृत कम्पनीहरुले घोषणा गरेको लाभांस लिन चाहनहुन्छ ? त्यसो भए बुक क्लोज अघिनै ती कम्पनीको सेयर किनिहाल्नुहोस् । नत्र भने तपाईंले ती कम्पनीले घोषणा गरेको लाभांस पाउनुहुन्छ ।

तपाईंले आज अर्थात् पुस १२ गते ९ वटा सूचिकृत कम्पनीको सेयर किनेर ती कम्पनीले गत वर्षको नाफाबाट घोषणा गरेको लाभांस सुरक्षित गर्न सक्नुहुने छ ।

बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने हुनाले ती कम्पनीको लाभांश पाउन पुस १२ गते बिहीबारसम्म शेयरधनी बन्नुपर्ने हुन्छ ।

पुस २७ गते ग्लोबल आइएमइ बैंकको १२औं साधारणसभा छ । साधारणसभामा सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट १६ प्रतिशत लाभांस दिने प्रस्ताब छ । आजै सो बैंकको सेयर किनेमात्रै बैंकले घोषणा गरेको १६ प्रतिशत बोनस सेयर प्राप्त गर्न सकिनेछ ।

त्यसैगरी, पुस २६ गते नेपाल बंगलादेश बैंकको १२ साधारणसभा छ । यो बैंकले १०.५३ प्रतिशत नगद लाभांस दिँदैछ । उक्त नगद लाभांस लिनका लागि पनि आजै सेयर किन्नुपर्ने हुन्छ ।

अपि हाइड्रोपावरले घोषणा गरेको ५ प्रतिशत बोसन सेयर पाउनका लागि पनि आजै सेयर किन्नुपर्छ । किनभने कम्पनीले पुस २४ गते १५औं साधारणसभा गरी उक्त बोनस सेयर वितरण गर्दैछ ।

कावेली विकास बैंकले दिने ३५ प्रतिशत बोनस सेयर पाउनका लागि पनि आजै सेयर किन्नुपर्छ । बैंकले पुस २८ गते एघारौं साधारणसभा गर्दैछ ।

त्यसैगरी, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले प्रस्ताब गरेको २५ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांस पाउनका लागि पनि आजै सेयर किन्नुपर्ने हुन्छ । कम्पनीको छैठौं साभारणसभा पुस २९ गते हुँदैछ ।

त्यस्तै, पुस ३० गते नेपाल टेलिकमले ११औं साभारणसभा गर्दैछ । टेलिकमले चुक्ता पुँजीको ५५ प्रतिशत नगद लाभांस दिनेछ । सो लाभांस पाउनका लागि पनि आजै सेयर किन्नुपर्ने हुन्छ ।

सिर्जना फाइनान्सको १५ प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगद लाभांस लिनका लागि पनि आजै सेयर किन्नुपर्छ । फाइनान्सले पनि पुस २८ गते १८औं साधारणसभामार्फत् उक्त लाभांस वितरण गर्दैछ ।

त्यसैगरी, एनएमबि माइक्रोफाइनान्सले घोषणा गरेको १५ प्रतिशत बोनस सेयर लिनका लागि पनि आजै सेयर किन्नुपर्छ । कम्पनीको छैठौं साधारणसभा पुस २९ गते छ । त्यस्तै आरएसडीसी लघुवित्तले पनि घोषणा गरेको १० प्रतिशत बोनस सेयर लिनका लागि पनि आजै सेयर किन्नुपर्छ । किनभने सो प्रस्ताबसहित कम्पनीको साधारणसा पुस २९ गते हुँदैछ ।


पुष्प दुलाल