पुरानाे लाभांश लिन शेयरधनीलाई एनसीसी बैंकको अपिल




काठमाडौ । नेपाल क्रेडिट एण्ड कमर्श बैंकले पुरानो लाभाशं नलिएका शेयरधनीहरुलाई लाभांश लिन आउन आग्रह गरेको छ ।

साविकका इन्फ्रास्टक्चर बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र इन्टरनेसनल डेभलपमेन्ट बैंक मर्ज भई नेपाल क्रेडिट एण्ड कमर्श बैंकको नामबाट एकिकृत कारोबार शुरु भएको थियो । यसरी मर्ज हुनुभन्दा पहिले विभिन्न चरणमा विभिन्न बैंकहरुले साधारण सभाबाट पारित गरेको लाभांश भुक्तानी केहि शेयरधनीहरुले अझैसम्म नलिएकोले उक्त पुरानो लाभांश लिन बैंकले सुचना प्रकाशन गरेको हो ।

यसरी पुरानो लाभांश नलिएको शेयरधनीहरुले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कार्यालय श्री सनराइज क्यापिटल लिमिटेडमा सम्पर्क गर्नुपर्नेछ । लाभांश लिन जादाँ शेयर प्रमाणपत्र वा डि–म्याट खाता नम्बरका साथ परिचय पत्र लिई जानुपर्ने छ ।

३५ दिन भित्र लाभांश लिन नगएको खण्डमा पाँच वर्ष पुरा भइ भुक्तानी हुन बाँकी रहेको रकम कम्पनी ऐन २०६३ को दफा १८३ अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ ।


पुष्प दुलाल