कहिले सकिन्छ माथिल्लो तामाकोशीको काम ? यसो भन्छन इन्जिनियर (भिडियो )
काठमाडौ । माथिल्लो तामाकोशी जलविद्युत आयोजना देशको एक ठुलो आयोजना हो । यो आयोजना सम्पन्न भइसकेपछि विद्युत आपूर्तिमा धेरै सहयोग हुने विश्वास लिइएको छ । आयोजनाको सुरुको लागत ३५ अर्ब भनिएको थियो । तर,भूकम्प नाकाबन्दी तथा ठेकेदारले गरेको ढिलाईको कारण आयोजनाको लागत दोब्बरभन्दा बढी हुन पुगेको छ ।
पूर्ण स्वदेशी लगानीको आयोजना काम कहिले सम्पन्न हुन्छ त्यसको चासो देशभर छ ।
सकेसम्म छिटो सम्पन्न हुने भनिएको यो आयोजना कहिले सम्पन्न हुन्छ भन्ने बारे आयोजनाका इन्जिनियर नै समयसिमा बताउन सक्दैनन ।
माथिल्लो तामाकोशीको सबस्टेशनमा कार्यरत इन्जिनियर विक्रम श्रेष्ठ भन्छन,‘गत जुनमा काम सम्पन्न गर्ने कुरा हो, तर त्यतिबेला सम्भव भएन । अब ठ्याक्कै कति समयमा सम्पन्न हुन्छ भनेर भन्न सकिदैन ।’
माथिल्लो तामाकोशी जलविदयुतले सर्वसाधारणका लागि समेत आइपिओ जारी गरी शेयर बाँडफाँड समेत गरिसकेको छ । ४५६ मेगावाट क्षमताको यो योजना स्वदेशी लगानीमा निर्माण भइरहेको ठुलो आयोजना हो ।
माथिल्लो तामाकोशी जलविदयुत आयोजनाका सबस्टेशन बनाउने काम धमाधम भइरहेको छ । सबस्टेशनका साथै अन्य कुन कुन काम पुरा हुन बाँकि छन त ?
सबस्टेशन निर्माणस्थल पुगेर तयार पारिएको भिडियो हेर्नुहोस ।