दोहोरो अंकले बढ्यो नेप्से, ३८ करोडको कारोबार



काठमाण्डौ । साताको तेश्रो दिन आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । साताको पहिलो दिन १७ अंकले घटेको नेप्से दोश्रो दिन केही थामिएको थियो, र झिनो अंकले मात्र बृद्धि भएको थियो । तर, आज १०.२७ अंकले परिसूचक बढेको छ । ०.९१ प्रतिशतले परिसूचक बढ्दा ११४२.०१ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जले जनाए अनुसार आज १ सय ६१ कम्पनीका १२ लाख २२ हजार १ सय ४४ कित्ता सेयर खरिद बिक्री भएको छ । समग्र नेप्सेमा ३८ करोड २६ लाख ५९ हजार ६७ रुपैयाँ बराबरको कारोबार भएको हो ।

आज ट्रेडिङ र होटल समूहबाहेक सबै समूहमा हरियाली छाएको छ । बजार बढेको दिन ट्रेडिङ समूह ०.५१ र होटल समूह ३.८१ अंकले घटेको हो ।

त्यसैगरी, बैंकिङ समूह ७.२२, विकास बैंक समूह ३२.०२, जलश्रोत समूह ७.४४, बित्त समूह २.५२, निर्जीबन बीमा समूह १५.११, अन्य समूह १८.६९, लघुबित्त समूह ७.४५ र जीवन बीमा समूह २०.०१ अंकले घटेको हो ।

दोहोरो अंकले बजार बढेको दिन आज लक्ष्मी लघुबित्त वित्तीय संस्थाका लगानीकर्तालेसबैभन्दा बढी ९.९७ प्रतिशतले कमाई गरेका छन् । त्यसैगरी, महिला सहयात्रा माइक्रोफाइनान्स बित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९.९१ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु