माथिल्लो तामाकोशीको आइपिओको बाँडफाँड हुँदै, न्यनतम ४० कित्ता पर्ने
काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीले गत महिना बिक्री गरेको साधारण शेयरको आज बाँडफाँड गर्ने भएको छ । आज अपराह्न साधारण शेयरको बाँडफाँड हुने कम्पनीले जनाएको छ ।
कम्पनीकाअनुसार न्यूनतम रुपमा आवेदन गर्ने सबैलाई ४० कित्ताका दरले शेयर बाँडफाँड गरिनेछ । बाँकी रहेको शेयर भने गोलाप्रथाका आधारमा वितरण गरिनेछ । त्यसआधारमा न्यूनतम ४० कित्ता र अधिकतम ५० कित्ताका दरले शेयर पाउन सक्ने कम्पनीको दावी रहेको छ ।
सबै आवेदकर्तालाई शेयर दिने तयारी गरिएको छ । कम्पनीले दोहोरो आवेदन गर्ने करिब ६ हजारको आवेदन रद्द गरेको छ ।
दोलाखाको लामाबगरमा निर्माणाधिन कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको शेयरमा आवेदन गरेका र सबै प्रक्रिया पूरा भएका सबैलाई साधारण शेयर वितरण गरिनेछ । बिक्री प्रबन्धक नागरिक लगानी कोषले आज अपरान्ह ३ बजे शेयर बाँडफाँड गरिने जनाएको छ ।