माछापुच्छ्रे बैंकले १० प्रतिशत नगद लाभांश दिने



काठमाडौं । माछापुच्छ्रे बैंकले सेयरधनीलाई १० प्रतिशत नगद लाभांस दिने भएको छ । बैंकको यही मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको यो निर्णय नियामक राष्ट्र बैंक र माछापुच्छ्रे बैंककै आगामी साधारणसभाले पारित गरेपछि मात्रै कार्यान्वयनमा आउने छ ।

गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रुपैंया खुद नाफा गरेको थियो । बंैकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपंैया तथा साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपैयाँ छ ।

बैंकले देशभर ८६ शाखा, २ एक्स्टेन्सन काउन्टरलगायत ३८ शाखारहित बंैकिङ्ग सेवा समेत गरी जम्मा १ सय २६ स्थानबाट र १ सय ५ वटा एटीएममार्फत् ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।


पुष्प दुलाल