जापानी नागरिक ‘ओकेबाजे’, जो विद्यालयको पूर्वाधार निर्माणमा निरन्तर सहयोग गर्दै



बेझाड । जनता आधारभूत विद्यालय निस्दी गाउँपालिका-५ पाक्दी पाल्पामा पुस्तकालय भवन निर्माणका लागि एक जापानी नागरिकबाट चार लाख आर्थिक रकम सहयोग प्राप्त भएको छ ।

पाल्पालाई कर्मथलो बनाउँदै आउनुभएका जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) ले सो विद्यालयमा पुस्तकालय भवनको अभाव भएपछि चार लाख आर्थिक सहयोग गरेका हुन् ।

साथै विद्यालयको भूइँबसाइ र र्याक निर्माणका लागि उनले ५० हजार आर्थिक रकम सहयोग गरेको शिक्षक अभिभावक सङ्घका अध्यक्ष दुर्गा सोमैले बताए ।

यसैगरी ओकेबाजेले सरस्वती मावि निस्दी गाउँपालिका–५ कठैडाँडामा गरीब तथा जेहेन्दार विद्यार्थीको नाममा छात्रवृत्तिका लागि दुई लाख अक्षयकोष स्थापना गरिदिएका छन् ।

उनले विद्यालयमा स्मार्ट पार्टी खरीद गर्न ५० हजार रकमपनि सहयोग गर्नुभएको प्रधानाध्यापक चन्द्रकान्त गैरेले बताए ।


क्लिकमान्डु