पश्मिना उद्योग संघले भन्यो-गैह्र पश्मिनामा गलत लेबल लाउँदा व्यवसाय धरासायी हुन्छ



काठमाण्डौ । गैह्र पश्मिनाजन्य उत्पादनमा पनि पश्मिनाको लेबर लगाएर बिक्री भइरहेको बारेमा नेपाल पश्मिना उद्योग संघले आपत्ति जनाएको छ । संघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्तरुपमा आज जारी गरेको बिज्ञप्तिमा गम्भीर ध्यानाकर्षण गरिएको छ ।

राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरमा नक्कली पश्मिनामा सक्कली पश्मिनाको लेबर लगाएर बिक्री हुँदै आएको गुनासो बढेको छ । आज प्रकाशित विज्ञप्तिमा जुन उत्पादन हो, त्यसैको लेबल लगाएर बेच्न सचेत गराइएको छ ।

नेपाल सरकार, बाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र सबै व्यवयायीहरुको यसबारेमा विज्ञप्ति मार्फत ध्यानाकर्षण गराइएको छ ।

देश कै निर्यातजन्य उत्पादन मध्येको एक प्रमुख उत्पादनमा गलत ढंगले लेबल लगाएर बिक्री गर्दा अल्पकालीन फाइदा भएपनि दीर्घकालीन रुपमा देश कै छबि बिग्रने र पश्मिना व्यवसाय नै धरासायी हुनेतर्फ सचेत गराइएको छ ।


क्लिकमान्डु