निम्बसको उत्पादन व्यञ्जन भटमासको मस्यौरा बजारमा




काठमाण्डौ । दाना उद्योगमा अग्रणी कम्पनी ‘निम्बस’ अब दैनिक उपभोग्य खाद्य सामाग्रीको उत्पादन र त्यसको बजार प्रबद्र्धन विक्रि वितरणमा पनि अग्रसर हुने भएको छ । त्यसका लागि निम्बसले आफ्ना उत्पादनलाई १ सय वटा डिस्ट्रिब्युटर मार्फत ४० जिल्लामा पुर्याएको छ ।

निम्बसले व्यञ्जन ब्राण्डको तेल ल्याएको केहि समयमा नै सोहि ब्राण्डको व्यञ्जन सोया नगेट्स(भटमासको मस्यौरा) बजारमा ल्याएको छ ।सधै गुणस्तरीय उत्पादनमा प्रतिबद्ध यस कम्पनीले आफ्नो उपभोक्ताहरुलाई स्वास्थ्यकर, सुपथ मूल्य र प्रोटिनयुक्त शुद्ध तथा ताजा सकाहारी उत्पादन बजारमा ल्याएको हो ।

व्यञ्जन सोया नगेट्स(भटमासको मस्यौरा) मा ५० प्रतिशत प्रोटिन पाईन्छ । जुन मासु, अण्डा, फलफूल र गेडागुडी भन्दा बढी हुने कम्पनीले जनाएको छ । यो बढ्दो उमेरको मानिसको लागि अति फाईदाजनक हुन्छ ।

साथै यसमा रहेको फाईबरले कोलेस्ट्रोलको मात्रपनि नियन्त्रणमा राख्दछ ।कम्पनीले पूर्ण स्वचालित मेशिन र उच्च गुणस्तरीय भटमासको दानाबाट कच्चा पदार्थ समेत आफ्नै उद्योगमा उत्पादन गर्दै आईरहेको छ ।

हाल कम्पनीले व्यञ्जन र सुनौलो किरण ब्राण्डमा गुणस्तरिय खाने तेल उत्पादन गर्छ । जस अन्तर्गत सुर्यमुखी, तोरी, भटमासको तेल उत्पादन हुन्छन् । यसैगरी प्रोबायोटेक ईण्डष्ट्रिज प्रालिले आटा, सुजी, दाल, मैदा आदी उत्पादनहरु पनि चाडै नै बजारमा ल्याउने तयारी गरिरहेको छ ।

उत्पादित बस्तु नेपालमा मात्र नभई भारत लगायत अन्य देशहरुमा पनि निर्यात गर्ने कम्पनीको लक्ष्य रहेको कम्पनीले जनाएको छ । उत्पादित खाद्य सामाग्रीको गुणस्तर मापनका लागि निम्बसको आफ्नै प्रयोगशाला संचालनमा छ । यसका अतिरिक्त कम्पनीले नेपाल सरकार खाद्य प्रयोगशालाका साथै विदेशी खाद्य प्रयोगशालामा समेत गुणस्तर परीक्षण गराउँदै आएको छ ।


क्लिकमान्डु