माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा ६ अर्ब रुपैयाँ बढीको आवेदन



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले खुल्ला गरेको आइपिओमा ६ अर्बभन्दा बढी रुपैयाँको आइपिओ परेको छ ।

बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार ५ बजेसम्म ६ अर्ब ६ करोड रुपैयाँको आवेदन परेको देखिएको छ । तर,विवरण पूर्ण रुपमा अत्यावधिक हुँदा यो रकम बढ्ने देखिन्छ ।

कम्पनीले गत कात्तिक १५ देखि प्रतिकित्ता १०० रुपैयाँको दरले १ करोड ५८ लाख ८५ हजार कित्ता आइपिओ बिक्री खुल्ला गरेको थियो । यसको बिक्री आजदेखि बन्द भएको छ ।

जसमा सर्वसाधारणका लागि १ करोड ५० लाख ९० हजार ७५० कित्ता छुट्याइएको हो । यो आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो ।


क्लिकमान्डु