बोनस सेयरको आशमा रहेका लगानीकर्तालाई सानिमाले नगद लाभांश प्रस्ताव गर्दा सेयर मूल्य घट्यो
काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट सानिमा बैंकले १४ प्रतिशत नगद लाभांश प्रस्ताव गर्यो ।
नेप्सेमा सूचिकृत २७ वाणिज्य बैंकमा गतवर्षको नाफाबाट लाभांश प्रस्ताव गर्ने सानिमा पहिलो बैंक पनि बन्यो ।
तर,बोनस सेयरको आशमा रहेका लगानीकर्तालाई नगद लाभांश मात्र दिने निर्णय गर्दा सानिमाको सेयर मूल्य बिहीबारको कारोबारमा घटेको छ ।
सानिमाको सेयर मूल्य ८ रुपैयाँले घटेर प्रतिकित्ता ३२६ रुपैयाँ झरेको छ ।
सानिमाको बिहीबार सबैभन्दा बढी रकम २ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।
साधारण सेयरधनीले सानिमाबाट बोनस सेयर समेत आश गरेका थिए ।
राष्ट्र बैंकको चुक्ता पुँजीको नीतिपछि नगद लाभांश नपाएका बैंकका संस्थापकहरुले यो वर्ष बोनसको सट्टा नगद लाभांश नै दिने निर्णय गरे ।
कम्पनीले कमाएको नाफाबाट साधारण सेयरधनीको अपेक्षा बोनस सेयर हुन्छ ।