साताको अन्तिम दिन ०.४८ अंकले घट्यो नेप्से, २४ करोडको कारोबार
काठमाडौं । साताको पहिलो र दोश्रो दिन लगातार दोहोरो अंकले घटेको नेप्से परिसूचक तेश्रो दिन बढेको थियो । चौथो दिन फेरी घटेको बजार साताको अन्तिम दिन आजपनि झिनो अंकले घटेको छ ।
आज बिहीबार नेप्से ०.४८ अंकले घटेको हो । ०.०४ प्रतिशतले घटेको नेप्से परिसूचक १२२०.९८ बिन्दूमा पुगेको छ ।
समग्रमा आज २४ करोड ६७ लाख ३० हजार ३ सय ६४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज १ सय ६० कम्पनीका ७ लाख ८२ हजार २९ कित्ता सेयर कित्ता खरिद विक्री भएका छन् ।
आज बैंकिङ समूह, जलविद्युत समूह, उत्पादनमूलक समूह र अन्य समूह घटेका छन् भने अरु समूहमा हरियाली छाएको छ । बैंकिङ समूह ०.४६, जलविद्युत समूह ५.८२, उत्पादनमूलक समूह १३.५७ र अन्य समूह २.४ अंकले घटेका छन् ।
त्यसैगरी, होटल समूह १०.६४, बिकास बैंक समूह २.५७, वित्तीय समूह ०.१९, निर्जीवन बीमा समूह ७.८५, बित्तीय समूह १.८१ र जीवन बीमा समूह १३.३२ अंकले बढेका छन् ।
आज माछापुछ्रे फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन्, ३.९४ प्रतिशतले नाफा कमाएका हुन् । त्यसैगरी, अपी पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरेका छन्, ८.६२ प्रतिशतले गुमाएका हुन् ।