आहा… क्या राम्रो मकवानपुरको पर्यटकीयस्थल कुलेखानी गाउँ र इन्द्रसरोवर(फोटो फिचर)
काठमाण्डौ । मकवानपुर जिल्लाको इन्द्रसरोबर ताल घुम्न पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । दशै र तिहारको बीचमा हुने बिदाको कारण पनि यो समयमा आन्तरिक पर्यटकको संख्या बढेको हो ।
इन्द्रसरोवर गाउँपालिका–१ मार्खुमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको जलासय इन्द्रसरोबरको मनोरम दृष्य हेर्न र डुंगा सयर गर्न पुग्ने पर्यटकको संख्या बढेको हो ।
हेटौंडा र काठमाडौंबाट बढी पर्यटकहरु आउने गरेको स्थानीय होटल व्यवसायीहरु बताउँछन् । इन्द्रसरोबरमा हाल ४० वटा डुंगाबाट पर्यटकलाई सयर गर्ने सुविधा उपलब्ध गराइएको छ ।
दैनिक १ सय ५० देखि २ सय ५० जनासम्म र शनिबार तथा बिदाको दिन ८ सय देखि ११ सय जनासम्म पर्यटक आउने गरेको व्यवसायीहरु बताउँछन् ।
सडकको सहज सुविधा हुँदा अधिकांश पर्यटक गाडी रिजर्भ गरेरै पुग्ने गरेका छन् । काठमाडौं र हेटौंडाबाट समान ३५ किलोमिटर दूरीमा रहेको इन्द्रसरोवर पुग्न २ घन्टा लाग्ने गर्दछ । पर्यटक पुग्ने क्रम बढेसँगै यहाँ होटल तथा होमस्टे फस्टाउँदै गएका छन् ।
तश्विर: रासस