दुई महिनामा करिब ५० प्रतिशत सेयर मूल्य बढ्ने कम्पनी चिन्नुहोस्, यस्तो छ कारण



  • काठमाडौं । सेयर बजारमा कुनबेला कुन कम्पनीको मूल्य बढ्छ त्यसको विश्लेषण गर्नु निकै कठिन हुन्छ । सेयर बजारमा किन्नेले आफ्नो सेयरको मूल्य बढ्ने र बेच्ने र घट्ने अपेक्षा नै राखेको हुन्छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत एनआईसी एशिया बैंकलाई हेर्नुहोस् । दुई महिना अगाडि एनआईसी एशियाको सेयर मूल्य प्रतिकित्ता ३१३ रुपैयाँमा पाइन्थ्यो । आजको दिनमा प्रतिकित्ता ४५० रुपैयाँमा यसको सेयर कारोबार भएको छ ।

यदी कुनै लगानीकर्ताले एनआईशी एशिया बैंकको सेयर भदौ ७ गते किनेर अहिले बिक्री गरेमा उसलाई ४३ प्रतिशत फाइदा हुन्छ ।

एनआईसी एशिया बैंकको बजार पुँजीकरण दुई महिनामा करिब ११ अर्ब रुपैयाँले बढेको छ । यो भनेको लगानीकर्ताको सम्पत्तिको मूल्य बढ्नु हो । सेयर बजारमा सूचिकृत कम्पनीको सम्पत्तिको मूल्यांकन सेयर मूल्यले नै तय गर्छ ।

एनआईसी एशिया पछिल्लो समय निकै आक्रामक ढंगले सेवा विस्तार गरेको बैंक हो । शाखा संजालको आधारमा यो सबैभन्दा ठूलो छ । निक्षेपको आधारले दोस्रो र कर्जाको आधारले पहिलो नम्बरमा पर्छ ।

पहिलो त्रैमासिक अवधीको रिपोर्ट निकै राम्रो आउने अपेक्षा लगानीकर्ताको छ । बोनसको अपेक्षाले समेत यसको सेयर मूल्य बढेको अनुमान गरिएको छ ।


क्लिकमान्डु