सुन विक्रीको कोटा, ८ जिल्लाले ५० प्रतिशत सुन किन्न पाउँदा बाँकी ६९ जिल्लालाई ५० प्रतिशत




काठमाडौं । साविकको बागमती अन्चलभित्रका ८ जिल्लाले विदेशबाट ल्याएको सुनको ५० प्रतिशत सुन उपभोग गर्न पाउने भएका छन् । अन्य ६९ जिल्लाले भने बाँकी ५० प्रतिशत मात्रै उपभोग गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले सुन आयात र विक्री वितरणमा कोटा पुनराबलोकन गर्दै यस्तो ब्यवस्था मिलाएको हो । यसअघि दैनिक २० केजी सुन आयात गर्न पाइने नियममा पुनराबोलकन गर्दै अबदेखि मंसिर मसान्तसम्म दैनिक २५ केजी सुन आयात गर्न पाइने ब्यवस्था गरिएको छ ।

बजारमा सुनको माग बढेको भन्दै कोटा बृद्धि गरिएको राष्ट्र बैंकले जनाएको छ ।

अहिले देशभर ७७ जिल्ला छन् । यसमध्ये साविकको वागमती अन्चलभित्र पर्ने ८ जिल्ला दैनिक आयात भएको २५ केजी सुनको ५० प्रतिशत अर्थात साढे १२ केजी सुन उपभोग गर्न पाउने भएका छन् ।

साविकको बागमती अन्चलभित्र काठमाडौं, ललितपूर, भक्तपूर, धादिङ, रसुवा, नुवाकोट, काभ्रे र सिन्धुपाल्चोक जिल्ला पर्छन् ।


क्लिकमान्डु